तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तत्काल अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोशी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भीड देखेपछि कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरूलाई सजिलो र सुलभ रूपमा स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिए ।
निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए । मन्त्री बस्नेतले कोशी अस्पतालको विभिन्न वार्डहरूको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याहरूबारे जानकारी लिएका थिए ।
यसैबीच राजधानी बाहिर संघीय सरकार अन्तर्गतको विराटनगरस्थित कोशी अस्पतालमा ३ सय ३० बेड नि:शुल्क गरिएको छ । गरिब, असहाय र विपन्न नागरिकहरूको नि:शुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसियु, एचडियु र क्याबिन बाहेक ३ सय ३० बेड नि:शुल्क र उपचार पनि नि:शुल्क गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले घोषणा गरे ।
नि:शुल्क उपचारका लागि बिरामीहरूले स्थानीय पालिका र वडा कार्यालयको सिफारिस तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनु पर्ने कोशी अस्पतालले जनाएको छ । नि:शुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने बताइएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया