कर्णालीमा लागूऔषध कारोबारमा महिला संलग्नता बढ्दै

सुर्खेत- पछिल्लो समय कर्णाली प्रदेशमा लागूऔषध कारोबारमा महिलाकाे संलग्नता बढ्दाे छ । पछिल्लो तीन आर्थिक वर्षमा लागूऔषध ओसारपसारमा संलग्न भएकाे आराेपमा ३८ जना महिला पक्राउ परेका छन् ।
२०७७/०७८ मा १७ जना, २०७८/०७९ मा आठ जना र २०७९/०८० को हालसम्ममा १३ जना महिला लागूऔषध मुद्दामा पक्राउ परेका कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
कर्णालीमा पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दैछ । प्रदेशमा बर्सेनि सैयौंको संख्यामा युवायुवतीहरू लागूऔषधसहित पक्राउ परिरहेका छन् । प्रदेश प्रहरीको तथ्यांक अनुसार हाल एक हजार आठ सय ११ जना लागूऔषधको प्रयोगकर्ता सक्रिय छन् । त्यसैगरी विगत तीन वर्षमा प्रहरीले चार सय ५८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । कर्णालीमा कूल एक हजार आठ सय ११ जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । जसमा ४३ जना महिला छन् ।
चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्ममा कर्णालीमा प्रहरीले लागूऔषधमा ९३ वटा मुद्दा दर्ता गरेको छ । यसका साथै एक सय ९९ ग्राम बढी लागूऔषध (ब्राउन सुगर) बरामद गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेकाहरूमा एक सय ५९ जनालाई मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीले २०७९/०८० को हालसम्ममा सात सय ६० ग्राम गाँजा, एक सय ६० ग्राम चरेश र एक सय ७० ग्राम हिरोइन बरामद समेत गरेको छ । यसैगरी औषधि जन्य लागूऔषध तर्फ एक सय ४४ थान नाइट्राभेट, ५४ थान स्पाज्मो, ६३ थान ट्रामा र १० थान अन्य ट्याब्लेट बरामद भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ ।
नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेको देखिन्छ ।
यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना लागूऔषध प्रयोगकर्ता थिए । प्रतिवेदन अनुसार लागूऔषध प्रयोगकर्ताको संख्यामा वार्षिक रूपमा पाँच दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_m3qS5EJLPR_nxpndjyipsi6rtjqcsec0r8fqm0sw8uhwywondf6ac0xvn0y5a1ixyc2mjci.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_aJBwQrHN5h_708186pzfqgfjd2ekl5qul4mrl7fgruik1nrua7w2r3ked7it963vcfr1fv6.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया