५२ करोड लागतमा धनगढी बजारमा मुख्य सडक बन्दै

कैलाली । धनगढी उपमहानगरपालिकाको मुख्य बजार सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म निर्माण हुने सडकको सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको करिब ५२ करोडको लागतमा निर्माण हुने सडकको लम्बाई २ हजार २८४ मिटरको हुनेछ भने सडकको चौडाई ३० मिटरको हुने उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरि धनगढीको केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । १४/१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ/डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर भट्टले बताए । उनले सडकको बीचमा २ मिटरको डिभाइडर समेत रहने बताए ।
धनगढी उपमहानगरपालिकाको नेतृत्व लिए लगतै मेयर गोपाल हमालले उक्त सडक खण्डमा पर्ने पक्की भौतिक संरचना भत्काउन घर धनीहरुलाई अपील गरेका थिए । बिना कुनै रोकावट सबै घरधनीहरुले आफैँ घर भत्काएर सडक निर्माणमा सहज गरेको स्मरण गर्दै मेयर हमालले सबैलाई धन्यवाद दिएका छन् ।
कैलाली पुलदेखि हुलाकी सडकको शून्यबिन्दु सम्म पर्ने घरहरु भत्काएर सडक निर्माणमा सहज गरेको भन्दै ती सबै घरधनीहरुलाई सम्मान समेत गरिने मेयर हमालले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री रमेश धामी, उपमहानगरपालिका मेयर गोपाल हमाल, उपमेयर कन्दकला कुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया