विश्वकप छनोटः नेदरल्यान्ड्सले वेस्टइन्डिजको सामना गर्दै

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गत आज (सोमबार) पनि दुई खेल हुने तालिका रहेको छ । सोमबार समूह ‘ए’ अन्तर्गतको अन्तिम दुई खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
टाकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजको सामना गर्नेछ । अघिल्ला ३ मध्ये समान २-२ खेल जित्दै नेदरल्यान्ड्स र वेस्ट इन्डिज दुवै सुपर सिक्समा पुगिसकेका छन् । आजको खेलले समूहको समीकरण पनि टुंगो लाग्नेछ ।
यता लगातार ३ खेल जितेर सुपर सिक्स पुगिसकेको जिम्बाब्वेले लगातार ३ खेलमा पराजय भोगेको अमेरिकाविरुद्ध खेल्दैछ । अमेरिका र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्टस क्लबमा हुनेछ ।
यस समूहमा ४ मध्ये ३ खेलमा पराजय भोगेको नेपाल सुपर सिक्स दौडबाट बाहिरिसकेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया