चितवनका पुस्तक व्यवसायीले गरे रगत संकलन

भरतपुर - नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको आयोजनामा वृहत् रक्तदान कार्यक्रम गरिएको छ । नारायणगढस्थित पोखरा बसपार्कमा गरिएको रक्तदान कार्यक्रममा कुल ७४ जनाले रक्तदान गरेको महासंघ चितवन शाखा अध्यक्ष परमेश आचार्यले जानकारी दिए । जिल्लाका पुस्तक व्यवसायी एवम् नारायणगढ तथा भरतपुर क्षेत्रका सामाजिक व्यक्तिहरूसमेत रक्तदान गर्न आएको अध्यक्ष आचार्यले बताए ।
नारायणगढस्थित आरएस बुक्सका कर्मचारी बमबहादुर क्षेत्रीले योपटक समेत गरी २१ औँ पटक रक्तदान गरेको बताए । ञम नियमित रक्तदाता हुँ, आज समेत गरेर २१ औँ पटक रक्तदान गरें । अस्पतालमा तत्कालै रगतको आवश्यकता पर्नेलाई मैले प्राथमिकतामा राखेर रगत दान गर्ने गरेको छु, क्षेत्रीले भने ।
कार्यक्रम संयोजक राममणि अधिकारीले बजारमा रगत अभाव देखिएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रगत संकलनको काम गरिएको बताए । नेपालमा वि। सं। २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया