डाक्नेश्वरी नपाका उपमेयरविरुद्ध मुद्दा दायर गर्न आदेश

राजविराज - सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर मीरा यादवबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालत जनकपुर इजलास, राजविराजले आदेश दिएको छ ।
भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उपमेयर समेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाक्नेश्वरी नपा ३ बस्ने कृष्णकुमार यादवले परमादेश आदेशको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
गत ५ जेठमै मुद्दाको भएको फैसला बमोजिम अदालतले बुधबार उच्च सरकारी वकिलको कार्यालय, राजविराजलाई आदेशको जानकारी गराइदिन पत्र पठाएको छ । परमादेशमा यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपि समेत यसै साथ राखी जानकारी गराइएको छ’ भनिएको छ ।
‘निवेदक कृष्णकुमार यादवले दर्ता गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीलाई विपक्षी बनाइएको थियो । उपप्रमुख मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै साउन २०७९ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो ।
मीरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको दावी गरिएको छ । भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी यादवको रहेको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेत बाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा भनिएको छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया