मृतक आरतीकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रेकामाथि लाठी चार्ज

जनकपुरधाम- मृतक धनुषाकी आरती साहको माइती पक्षले न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रहरीले हत्या घटनालाई ढाकछोप गर्न लागेकाे भनी मंगलबार पीडित माइती पक्षले जिल्ला अदालत धनुषा अगाडि घेराउ गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले बल प्रयाेग गर्न खाेज्दा मृतक आरतीको माइती पक्षले ढुंगामुढा समेत गरेका छन् ।
ढुंगामुढाका क्रममा प्रहरीले लाठी चार्ज गर्दा चार जना स्थानीय घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट नगराईन नगरपालिका–८ खिरखिरियाकी लिला देवी, लाडोबति देवी, कृष्णा साह र प्रवीण साह घाइते भएका छन् । त्यस्तै गोविन्द साहलाई प्रहरीले पक्राउसमेत गरेको छ ।
प्रहरीले अदालत जस्ता संवेदनशील ठाउँमा ढुंगामुढा गरेपछि लाठी चार्ज गर्नु परेकाे बताएकाे छ । यता पीडित पक्षका नगराईन नगरपालिका-७ खिरखिरियाका नवाेनाथ साहले भने आफूहरूकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्दा बचाउका लागि ढुंगामुढा गर्नु परेकाे बताए ।
परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन गर्दै आएका छन् । पीडित परिवारलाई अनुसन्धानकाे बहाना न्याय दिलाउनुकाे सट्टा घटना ढाकछाेप गर्न धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरेका थिए ।
गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहकी श्रीमती २२ वर्षीया आरतीको रहस्यमय मृत्यु भएको थियो ।
धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया