घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् ।
धर्नास्थलमा वैशाखी टेकेर पुगेका उनले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको बताए । उनले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए ।
उनले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताए । उनले सरकार अपराधीको पक्षपोषणमा
लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताए । उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए ।
उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया