चीनले अनुदानमा दिएको अक्सिजन यो साताभित्रै आइपुग्छ : राजदूत यान्छी

काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले अनुदानमा पठाउने अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामग्री यसै साता नेपाल आइपुग्ने बताएकी छिन् ।
उनले ट्वीटमार्फत् ‘चीनले अनुदानमा पठाउन लागेको अक्सिजन सिलिन्डर यसै साता नेपाल आउपुग्ने’ उल्लेख गरेकी छिन् । यतिबेला तातोपानी नाका हुँदै चीनबाट व्यवसायीले ल्याएका अक्सिजन सिलिन्डर सरकारले ल्याएको भनेर प्रचार गरेको भन्दै विवाद भैरहेको छ । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले आइतबार चीनले अनुदानमा पठाएका १८ हजार सिलिन्डर अक्सिजन तातोपानी आइपुगेको समाचार प्रकाशन गरेको थियो ।
The second batch of oxygen cylinders provided by China under grant assistance is arriving successively within this week!!👏👏 pic.twitter.com/BIo6XXj9if
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 17, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया