कर्णालीको अधिकांश बजेट पूर्वाधार विकासमा

सुर्खेत- कर्णाली प्रदेश सरकारले विनियोजित गरेको बजेट मध्ये अधिकांश बजेट पूर्वाधार विकासमा छुट्याइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रस्ताव गरेका नीति, कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन गर्नका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । जसमध्ये अधिकांश बजेट पूर्वाधार क्षेत्रमा छुट्याइएको हाे ।
विगतका वर्षहरूमा झै यस वर्ष पनि प्रदेश सरकारले पूर्वाधारको विकासलाई नै प्राथमिकता दिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रस्तुत गरेको बजेटमा अधिकांश पुराना योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना समेटिएको छ । आगामी बजेटमा कर्णालीको पूर्वाधार विकासका लागि १९ अर्ब अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् कुल बजेटको ५८ दशमलव ६५ प्रतिशत विनियोजन भएको छ । प्रदेश सरकारको आगामी बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमले निरन्तरता पाएको छ । २० लाखभन्दा तलका योजना छनौट गर्न नपाउने गरी उक्त कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब १२ करोड विनियोजन भएको छ ।
नयाँ अवसर तथा स्रोत साधनको पहिचान गर्दै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी प्रदेशको बहुआयामिक गरिबी, बेरोजगारी, भोकमरी र विपन्नता, कमजोर स्वास्थ्य अवस्था, अशिक्षा, सामाजिक पछौटेपन लगायतका मूलभूत समस्याहरूको सम्बोधन गर्ने तर्फ बजेट तथा कार्यक्रम केन्द्रित रहेको मन्त्री सिंह दाबी गरे ।
सिंहले सार्वजनिक गरेको बजेटमा प्रदेशको मुख्य समस्या गरिबी अन्त्यका लागि वार्षिक दश हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ अभियान मार्फत कर्णाली समृद्धि अभियानलाई परियोजनाका रूपमा अगाडि बढाइने उल्लेख छ ।
आगामी आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान बढ्ने, पुँजीगत खर्च अभिवृद्धि हुने, पूर्वाधार निर्माणको कार्यले गति लिने तथा विभिन्न महामारी र आर्थिक शिथिलताको असर कम हुँदै जाँदा समग्र आर्थिक गतिविधिहरू बढोत्तरी भइ ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।
नयाँ अवसर तथा स्रोत साधनको पहिचान गर्दै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी प्रदेशको बहुआयामिक गरिबी, बेरोजगार, भोकमरी र विपन्नता, कमजोर स्वास्थ्य अवस्था, अशिक्षा, सामाजिक पछौटेपनलगायतका मूलभूत समस्याहरूको सम्बोधन गर्नेतर्फ बजेट तथा कार्यक्रम केन्द्रित रहेको मन्त्री सिंहको भनाए छ ।
सिंहले सार्वजनिक गरेको बजेटमा प्रदेशको मुख्य समस्या गरिवी अन्त्यका लागि वार्षिक दश हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ अभियान मार्फत कर्णाली समृद्धि अभियानलाई परियोजनाका रूपमा अगाडि बढाइने उल्लेख छ । तर, यसरी राखिएका महत्वाकांक्षी योजना कार्यान्वयनमा भने समस्या हुने देखिएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया