नेपाल टेलिकमको ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सेवा

काठमाडौँ : विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले मोबाइल सेवा अन्तर्गत चौथो पुस्ताको फोरजीमा लङ्ग टर्म इभोलुसन (एलटीइ) प्रविधि अन्तर्गत ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा आजदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सेवाको परीक्षण शुरुवात गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने बताइएको छ । माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ एक्टिभेट गर्नुपर्दछ ।
यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *१११# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट ‘भ्वइस ओभर लङ्ग टर्म इभोलुसन’ भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने नेपाल टेलिकमले जनाएको छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया