कोभिड बढेपछि बसाइ छोट्याउँदै पर्यटक, आज चार्टड फ्लाइटबाट अमेरिकी नागरिक स्वदेश फर्कँदै

काठमाडौँ : कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढन थालेपछि विदेशी नागरिकले नेपाल छोड्न थालेका छन् । कतार एयरवेजको चार्टड फ्लाइटबाट अमेरिकी दूतावासले करिब ३ सय नागरिकलाई ७ बजे अमेरिका लैजान लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दूतावासले चार्टड गरेर आफ्नो नागरिक लान लागेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । सोमबार टर्किस एयरलायन्स मार्फत बिहान ९ बजे पनि अमेरिकनहरू जान लागेको उनले जानकारी दिए ।
कूटनीतिक कर्मचारी र नेपाली मूलका अमेरिकन नागरिकसमेत जान लागेको क्षेत्रीले बताए । यसअघि पनि बंगलादेशी कूटनीतिक नियोगका कर्मचारी हिमालय एयरलायन्स मार्फत गएका थिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया