कसले राख्यो वीरगञ्जको नालीमा एक सय दुई राउण्ड गोली ?

काठमाडौं– वीरगञ्ज नगरपालिका–१० स्थित एक नालीमा रहेको फोहरमा एक सय दुई राउण्ड गोली फेला परेको छ । विभिन्न हतियारमा प्रयोग हुने गोली बेवारिसे अवस्थामा भेटिएको हो ।
आइतबार बिहान जेसिबीको सहयोगमा नाली सफा गर्ने क्रममा फोहोरमा शंंकास्पद रूपमा प्लाष्टिकको झोला फेला परेको थियो । शंकास्पद वस्तु भएपछि प्रहरी पुगेर जनप्रतिनिधिको रोहबरमा प्लाष्टिक खोल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवं सूचना अधिकारी निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार बिग्रेका खोकासहित विभिन्न हतियारमा प्रयोग हुने गोली भेटिएको हो । ‘चार राउण्ड बिग्रिएको खोका रहेको छ,’ उनले भने ।
फेला परेकामध्ये हर्नेटको १७ राउण्ड, एसएल आरको चार राउण्ड, ९ एमएम ३२ राउण्ड, ३८ बोरका चौबीस राउण्ड, ४५ एमएमको चार राउण्ड गोली फेला परेको हो । त्यस्तै फडेरल ८ राउण्ड, विनचेस्टर पाँच राउण्ड, ७.६५ ५४ एमएमको तीन राउण्ड, ७ एमएम एक राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
‘फोहरमा गोली कसले राख्यो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘कानुनी रित पुर्याएर बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको छ ।’

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया