करका दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले वैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महतले भ्याटको दर घट्दै जाने र छुट हरेक वर्ष बढ्दै जाने प्रवृत्तिलाई हटाइएको र राजस्वका दर वैज्ञानिक रूपमा प्रस्ताव गरिएको बताएका हुन्
अर्थतन्त्रलाई सहज बनाउनका लागि बजेटले चालेको कदमका विरुद्ध केही स्वार्थ समूहहरू विरोधमा उत्रेको उनले बताए । उनले करको दायराले स्वदेशमा नै उत्पादन हुने प्याज,आलु जस्तो वस्तुलाई कुनै असर नपर्ने र आयातलाई निरूत्साहन गर्नका लागि करको प्रस्ताव ल्याइएको जिकिर गरे ।
विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा आमनागरिकलाई असर नगर्ने उनको भनाइ छ । विद्युतीय सवारीमा कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको अर्थमन्त्रीले बताए । उनले विद्युतीय सवारी साधनमा करको दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो भएको जिकिर गरे ।
त्यस्तै उनले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्रभावकारी खर्च , निजी क्षेत्रको सहि तवरले परिचालन भए सम्भव रहेकाले महत्वाकांक्षी नभएको दाबी गरे ।
उनले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रममाथि अविश्वास गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे । त्यस्तै अर्थमन्त्री महतले स्थानीय उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नका लागि बजेटमार्फत आवश्यक सहजीकरण गरिएको तर्क गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया