जमिनमुनिबाट निकालेको पानीको मात्राअनुसार शुल्क तोकौँ : अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भूमिगत पानी जसले जति निकाल्छ सोही अनुसार शुल्क निर्धारण गरिनुपर्ने माग राखेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
अहिले उपत्यकाबाट हरेक दिन जमिनमुनिबाट १३ करोड लिटर भन्दा बढी पानी तानिरहिएको भन्दै उनले यसको जवाफ समेत मागेका छन् ।
‘सन् १९९० मा जापानी संस्था जाइकाले ४ वर्ष लगाएर काठमाडौँ उपत्यकामा भूमिगत पानीको अध्ययन गरेको थियो,’ उनले भने, ‘अध्ययनबाट १० मिटर पानी घटेको पाइएपछि जाइकाले हरेक दिन १.५ करोड भन्दा बढी भूमिगत पानी नतान्न सिफरिस गरेको थियो । अहिले झण्डै ९ गुणा अर्थात हरेक दिन १३ कारोड लिटर भन्दा बढी पानी तान्ने गरिएको छ ।’
उनले सरकारलाई प्रश्न गर्दै अगाडि भने, ‘यसबाट सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? अझ अचम्म त के छ भने जसले जति पानी ताने पनि शुल्क भने वार्षिक २० हजार रूपयाँ मात्रै तोकिएको छ । यो कसरी वैज्ञानीक भयो ? त्यसैले भूमिगत पानीको पूर्नभरण गर्न र जसले जति पानी निकाल्छ सोही अनुशार शुल्क तोक्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया