इजरायल-प्यालेस्टाइन रकेट युद्ध रोक्न अमेरिका सक्रिय
खाडी मुलुकको सक्रियताबिना सहजै युद्ध रोकिदैन

काठमाडौँ : जेरुशेलम र गाजाको हिंसा एकाएक रकेट युद्धमा नै परिणत भएपछि अमेरिकी राष्ट्रपति जो बाइडन यसलाई मथ्थर गर्न लागि परेका छन् । उनले इजरायल र प्यालेस्टाइनका नेताहरूसँग टेलिफोन संवाद गर्दै युद्ध रोक्न र विकल्प खोज्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई बाइडनले पालै-पालो टेलिफोन गर्दै बढ्दो हिंसा प्रति दुःख व्यक्त गर्दै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् । उनले इजरायलीको पक्षमा आफ्नो समर्थन रहेको भन्दै आक्रमणपछि प्रतिरक्षामा इजरायल रहेको प्रष्ट पारेका छन् । समुदायमा देखिएको विवादलाई रकेट युद्धमा पुर्याएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
त्यहाँ रहेको सञ्चारकर्मीको सुरक्षाको विषयमा पनि दुवै नेतासँग बाइडनले कुरा गरेका छन् । बाइडन अमेरिकाको राष्ट्रपति भएपछि नेतन्याहूसँग बारम्बार कुरा गरेपनि प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पहिलो पटक टेलिफोन संवाद गरेका हुन । हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् ।
प्यालेस्टाइनसँग सम्बन्ध बिस्तारका लागि अमेरिका प्रतिबद्ध रहेको पनि बताएको ह्वाइटहाउसको हवला दिँदै सञ्चार माध्यमले जनाएका छन् । गाजा क्षेत्र प्यालेस्टाइनको भन्दा पनि हमासको नियन्त्रणमा छ । अमेरिकाले हमासलाई आतंककारी संगठन घोषित गरेको छ । अब्बासले गाजामा चाहेर पनि आफ्नो कुरा लाद्न सहज छैन ।
अमेरिकी विशेष दूत शनिबार इजरयाली सहर तेल अभिभ पुगेपछि वार्ता भएको हो । उनी त्यहाँ पुगेर इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग त्रिपक्षीय छलफलमा छन् । अहिले चलिरहेको लडाइ पछिल्लो केही वर्ष यताको सबैभन्दा गम्भीर भनिएको छ । गत अप्रिल १३ मा दमासकसको गेटमा रोखिएको अवरोधलाई लिएर प्यालेस्टाइनीहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रेपछि प्यालेस्टाइनी र इजरायली प्रहरीबीच भिडन्त सुरु भएको हो ।
त्यसलगत्तै अर्थात दुई दिनपछि एक्कासी गाजाबाट इजरायलमा रेकट प्रहार भयो । अनि इजरायलले जवाफमा हवाई आक्रमण गर्यो । अहिलेसम्मको युद्धलाई नियाल्ने हो भने इजरायल अघि बढेको देखिदैन । पहिलो आक्रमण गाजा क्षेत्रबाट हुने गरेको छ । अहिले पनि त्यही भयो । अनि १९ अप्रिलमा अबर तथा यहुदीहरू रहेको तटीय शहर जाफासम्म भिडन्त हुन थाल्यो । जाफाबाट तेल अभिभ नजिकै छ ।
यहुदीमाथि प्यालेस्टाइनको भिडियो सार्वजनिकपछि आक्रोशित जुज युवाहरूले अरबको विरोध र आक्रमण छेड्न थाले । अनि २३ अप्रिलमा त जुजहरू अरब विरोधी नारा लगाउँदै दमासकसतर्फ अघि बढे । त्यहाँ झडप हुन थाल्यो । जसले गर्दा प्यालेस्टाइनी र प्रहरीबिच झडप भयो ।अनि जुज र अरबबीच हिंसा विभिन्न सहरमा फैलियो ।
अनि फेरि २४ अप्रिलमा बिद्रोहीले गाजाबाट दर्जनौँ रकेट इजरायलतर्फ प्रहार गरेका थिए । यस्ता कतिपय रकेट इजरायलले आकाशमै ध्वस्त पार्छ, त्यही भयो । अनि इजरायलले पनि हवाइ आक्रमण सुरु गर्यो । पछिल्लो समय गाजाबाट हमासले इजरायलमा इनसेन्डिरी बेलुनहरू पठायो, जसका कारण आगलागीका दर्जनौँ घटना भए । त्यसपछी इजरायली जवाफ थप कडा हुन थाल्यो ।
प्यलेस्टाइनले यसरी एक पछि अर्को हर्कद गर्दै गएपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले रेड लाइन क्रस भएको भन्दै हवाई आक्रमणको आदेश नै दिए । इजरायलले हवाई आक्रमण तिव्र पार्यो । २०१४ यता दुई पक्षीय युद्धको विकराल रूप देखिएको छ । यसबाट गाजामा १५० र इजरायलमा १० को ज्यान गइसकेको छ ।
इजरायल नै पनि असुरक्षित ठहरिँदै गएपछि थप चिन्ता बढेको र अन्तराष्ट्रिय समुदायले याे युद्ध तत्काल रोक्न दुवै पक्षलाई आग्रह गरेको छ । इजरायलले रकेट कम गर्ने वित्तिकै गाजाबाट बढ्ने हुनाले तत्काल रोकिने देखिदैन् । यसमा खाडी मुलुकले विशेष पहल गर्न आवश्यक छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया