बढी भाडा लिने एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा

वीरगंज : बिरामी बोक्दा बढी भाडा लिने दुईजना एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुलेको फेला पारेपछि एम्बुलेन्स चालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
पक्राउ पर्नेमा ना.२ च. ३२५६ र ना. ३ च. ८१९९ नं का २ वटा एम्बुलेन्ससहित पर्सा बहुदरमाई न.पा. ९ विश्रामपुरका कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका १ का वीरबल मुखिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुलाई नेशनल मेडिकल कलेज बाहिर सडकबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया