दूतावास गएर नै कूटनीतिको कखरा...
कूटनीतिक सेवाबाट १२ र राजनीतिक नियुक्तिबाट २१ राजदूत

काठमाडौँ : तीन वर्षदेखि खाली दक्षिण कोरिया र श्रीलंकासहित खाली हुन लागेका मुलुकमा सरकारले राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अगावै राजदूतको सिफारिस गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका कर्मचारीलाईसमेत जानकारी नदिइकन प्रधानमन्त्रीले राजदूत सिफारिस गरिएको भन्दै परराष्ट्रभित्र असन्तुष्टि चुलिएको छ । वासिङटन बसेर आएका र कार्यकाल सकिन लागेकाे मात्र होइन बहु-विवादित सहसचिवलाई राजदूत सिफारिस गरेर सरकारले गलत नजिर कायम गरेको भन्दै मन्त्रालयमा असन्तुष्टि देखिएको हो । २७ वर्षको करिअरमा २४ वर्ष विदेशमा नै बिताएका राजदूत हुने अनि महत्वपूर्ण महाशाखा हेरेकाहरू खुरुखुरु घर जानुपर्ने अवस्था सरकारले निम्त्याएको उनीहरूको तर्क छ ।
कन्सुलर र प्रशासनबाहेक दुईपक्षीय कार्यमा दख्खल नराख्ने, विदेशमा आफ्ना मानिस लगेर छाड्ने कर्मचारी सिफारिस भएको दाबीसहित सहसचिवहरूले सामूहिक असन्तुष्टि आइतबार परराष्ट्र मन्त्रीसमक्ष व्यक्त गर्ने भएका छन् । राजदूत सिफारिस भएको एक साता भइसक्दा पनि परराष्ट्रका सहसचिवहरूलाई समेत जानकारी नदिएकाले पनि उनीहरू रुष्ट भएका हुन् ।
एक साताअघि अस्ट्रेलियाबाट राजदूत फिर्ता बोलाएर त्यहाँ पनि अर्को राजदूत नियुक्ति सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ११ राजदूत सिफारिस गरिएको जानकारी संसद् सचिवालयमा आएको छ । अमेरिकामा चार वर्ष शून्य प्राय: काम गरेर फर्केका सहसचिव जीवनप्रकाश श्रेष्ठलाई सिफारिस गरेको छ । उनले विदेशमा मानिस लगेर छाडेको र आफ्नै राजदूतलाई धम्की दिएको प्रमाणसहित परराष्ट्र सचिवलाई राजदूत दम्पत्ति पुगेर लिखित उजुरी नै दिइएको उनीहरूले स्मरण गरेका छन् ।
उजुरी बुझ्ने परराष्ट्र सचिव यतिबेला मुख्य सचिव छन् । सिफारिसमा परेका श्रेष्ठ दुई सातापछि सेवा निबृत्त हुँदैछन् । यसअघि पनि सरकारले सेवा निवृत्त हुन लागेकालाई राजदूत नबनाउने भनिरहेको मात्र होइन कूटनीति र बाहिर ५०/५० प्रतिशत हुने भनिएको थियो । त्याे निर्देशिका अझैँ परराष्ट्रमा धमिरा लागेको छैन होला । किनकि ज्ञवाली परराष्ट्रमन्त्री भएपछि त्यो निर्देशिका आएको हो भने यिनै मुख्यसचिव त्यतिबेला परराष्ट्र सचिव थिए । अर्का सेवा निवृत्त हुन लागेका यज्ञबहादुर हमाललाई भने राजदूत सिफारिस गरिएको छैन ।
त्यस्तै मन्त्रालयमा रहेको आधार हेर्ने हो भने भरतकुमार रेग्मी छन् । यसअघि कालीप्रसाद पोखरेल पनि नियुक्ति नपाइ घर गएका हुन् । अन्य यस्ता धेरै उदाहरण छन् ।श्रेष्ठको सिफारिसले परराष्ट्र सहसचिवहरुले आक्रोशित बनेका छन् । परराष्ट्रबाटै अर्का सहसचिव निर्मलराज काफ्ले पनि राजदूत सिफारिस भएका छन् । उनी यसअघि नै सिफारिस हुन पर्ने भए पनि उनलाई पनि सरकारले सिफारिसमा ढिलाई गरेको एक सहसचिवले सुनाए ।
शुक्रबार मात्रै पुनर्नियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै राजदूत सिफारिस एक साताअघि भएको बाहिर ल्याएका हुन् । संसदीय सुनुवाइमा शुक्रबार संसद् सचिवालयमा नाम पठाइएको छ । सबै स्थानमा पूरा हुने गरी राजदूत सिफारिस भएको जानकारी ज्ञवालीले दिएका छन् ।
परराष्ट्र सेवाका सहसचिव काफ्ले अस्ट्रिया (भियना)का लागि राष्ट्रसंघ स्थायी प्रतिनिधिको रुपमा सिफारिस भएका छन् भने अमेरिकामा नियोग उपप्रमुख रहेर केही समय अघि फर्केका जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट चयन गरिएको हो । अन्य सबै राजनीतिक तहबाट सिफारिस भएकाहरु अधिकांश प्राध्यापक नै छन् । पूर्व मन्त्री, पूर्व सांसद, पूर्व मेयर र एनजीओकर्मीलगायतकाहरू राजदूतमा सिफारिस छन् ।
पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिविका राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया, पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधर- अस्ट्रेलिया, काठमाडौँ विश्वविद्यालयका जंगबहादुर चौहान-रुस, नारायणप्रसाद संग्रौला-म्यानमार, पूर्वमन्त्री युवराज कार्की-बहराइन, पूर्वसांसद कुलप्रसाद नेपाल- ब्राजिल र झापाकी सुमित्रा सुवेदी-डेनमार्कमा र मेराज मुसलमान-साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।
जापान र ओमानको भने चार महिना कार्यकाल थप गरिएकाले त्यहाँ भने नियुक्ति सिफारिस गरिएको छैन । सिफारिसमा परेकाहरू कूटनीतिबारेमा खासै जानकारी नराखेकाहरू परेका हुनाले यसमा लामो प्रशिक्षणसहित पठाउन पर्ने देखिन्छ । कूटनीति सेवामा पनि न्याय हुनेगरी सिफारिस हुन आवश्यक छ भने बाहिरबाट पनि सम्बन्धित मुलुक बुझेका व्यक्ति राजदूत बनाउँदा राम्राे हुने सुझाव विभिन्न चरणमा आइरहेको छ । तर, त्यसलाई बेवास्ता गरिएको देखिन्छ ।
सेवामा भएका भन्दा बाहिरबाट गएकाको काम गराई राम्राे छ । तर, बाहिरबाट पनि त्यो तवरको काम गर्न सक्ने क्षमता भएकालाई पठाउन आवश्यक छ । क्षेत्रगत विज्ञलाई पठाउन आवश्यक देखिए पनि अधिकांश त्यही गएर कूटनीतिको कखरा नपढुन् । सिफारिस भएका सबै नियुक्त हुँदा नेपालकाे कूटनीतिक नियोग भरिभराउ हुनेछ । यसरी भरिएका राजदूतमा २१ मुलुकमा कूटनीतिक सेवा बाहिरबाट राजदूत हुनेछन् भने ९ मुलुक र तीन राष्ट्रसंघीय स्थायी नियोगमा कूटनीतिक सेवाका राजदूत रहनेछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया