मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

जनकपुरधाम : धनुषा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा बाटो काटिरहेका एक पैदल यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको हो ।
ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् । मृतकको हालसम्म नामथर, वतन नखुलेको अन्दाजी ३१ वर्षीय युवक रहेको छ । ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया