तराईमा मुस्लिम समुदायले ईद पर्व मनाउँदै
विरगञ्ज : रमदान अर्थात रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र अर्थात ईद मनाउँदैछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।
पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोभिडका कारण घरमै बसेर ईद मनाउने भएका छन् । यसपाली कोभिड संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान पनि गरेको छ ।
ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २ दशमलव ५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रदेश २ मा शुक्रबार यसै पर्वको अवसरमा बिदा समेत दिइएको छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया