मधेशमा नक्कली नोटको कारोबार बढ्दै

जनकपुरधाम - नक्कली नोटको कारोबार घटना मधेश प्रदेशमा बढ्दै गएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाए अनुसार चालू आर्थिक वर्षको साउनदेखिको फागुन मसान्तसम्म प्रदेशमा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना दर्ता भएको छ । जसमध्ये सबभन्दा बढी रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा ३–३, बारामा २ र धनुषा तथा सप्तरीमा १–१ वटा घटना रहेको छ भने ती घटनाहरुमा ३५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
गत ९ महिनाको अवधिमै २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो । सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो ।
नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाही प्रक्रिया अघि बढाउने गरेको श्रेष्ठले बताए । उनले भने गत पांच वर्षयता नक्कली नोटको कारोबार निकै बढेकाले प्रहरी सतर्कता अपनाएको छ ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया