दुर्घटना गराई फरार वडाअध्यक्ष यादव फक्राउ

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
बरथवा नगरपालिका-३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए ।
पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । रासस

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया