चिकित्सक संघले भन्योः आँखाले हेरेर बिरामी निको हुँदैनन्, भ्रममा पार्नेलाई कारबाही गर्नू

काठमाडौँ- सामाजिक सञ्जालमा आँखाले हेरेकै भरमा बिरामी निको पार्ने भन्दै चर्चा भइरहेको घटनाले नागरिकलाई भ्रममा राखेकाले नेपाल चिकित्सक संघले सिमान्त केसीलाई कारबाहीको माग गरेको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति यस्तो भ्रम सिर्जना हुने किसिमबाट अस्वभाविक अतिरञ्जना गर्न खोजेको ठहर गरेको छ ।
‘अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार र सरोकारवाला निकायमा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त केसी गुरु’ बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पार्न सक्ने भन्दै दाबी गर्दै आएका छन् । भिडियो कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा उनको कार्यालय छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया