प्रतीकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्न गरिने

ललितपुर : प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथकाे रथयात्रा सम्पन्न गर्ने निर्णय गरिएकाे छ । रातो मच्छिन्द्रनाथको रथयात्रा सम्बन्धमा बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतकाे अध्यक्षतामा बसेकाे बैठकले रथयात्राकाे चाैथाे दिन जेठ १ गते प्रतिकात्मक रूपमा तानी रातो मच्छिन्द्रनाथकोे रथयात्रा सम्पन्न गर्ने र रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती पुर्याउने निर्णय गरेकाे हाे ।
त्यस्तै जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञाको मर्म विपरित नहुने गरी तथा कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको जनस्वास्थ्य मापदण्डहरुको अनिवार्य रूपमा पालना हुने र सुरक्षा घेराभित्र रथ रहने गरी अनुशासित रूपमा सम्पन्न गर्ने सम्बन्धमा सबै सुरक्षा निकायहरूले समन्वयात्मक कार्य गर्ने निर्णय गरेकाे छ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया