स्थानीयले बन्द गरे नख्खु–भैँसेपाटी सडक

काठमाडौँ- ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरूले सडक बन्द गरिदिएका छन् ।
नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडक बन्द गरिदिएका हुन् । स्थानीयहरूले सडक अवरुद्ध गरेपछि सवारी साधनहरू वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुवा, धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुँदै आवतजावतमा समस्यामा भएकाले बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारणहरू विरोधमा उत्रन बाध्य भएको बताए ।
पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरूपमा निर्माण हुन सकेको छैन ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया