कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत - कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।
आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा रहनेछ ।
यसैगरी कर्णाली प्रदेश सभाका विभिन्न चार ओटा समितिले आजै पूर्णता पाउने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् ।
‘चार ओटै समितिका लागि सांसदहरूको नाम आइसकेको छ ।’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेश सभा बैठकमा सभामुखज्यूले नाम पढेर सुनाउनुहुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’ आज समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भनेपछि हुने बुढाथोकीले बताए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया