अनुहारमा दाग हटाउन के गर्ने ?

काठमाडौँ- आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन्, ताकी आफ्नो मुहार अझै निखार र सुन्दर देखियोस् ।
यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।
तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि आफ्नै घरमा भएका सामाग्रीहरू प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईंले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्न हुन्छ ।
कागतीमा भिटामिन सी पाइन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।
आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसबाट हुने फाइदाका बारेमा ।
छालालाई शितलता: चर्को घामले छालामा समस्या ल्याइरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।
सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्यत गर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयोगी रहेको छ ।
एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरू पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेटपछि सफा पानीले अनुहार पखाल्नुहोस् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया