विपन्न, असहाय नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक अस्पताल , प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्र लेख्दै २०७७ दफा ७० (घ) अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो । मापदण्ड कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ ।
विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालले कुल शय्याको दश प्रतिशत बेड छुटाएर निःशुल्क उपचार गराउनुपर्नेमा सो कार्यान्वयन नभएकाले तत्काल कार्यान्वयन गर्न मन्त्रालयको निर्देशनमा आग्रह गरिएको हो ।
बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया