पहेँलो दाँतले मुस्कान लुट्यो ! अपनाउनहोस् यस्ता घरेलु उपाय

काठमाडौं - यदि तपाईको दाँत सेतो र चम्किलो छैन भने तपाईलाई खुलेर हाँस्न समस्या भइरहेको हुनुपर्छ । तपाईलाई लाग्छ पहेँलो दाँत सबैको अगाडि देखाउनु हुँदैन। मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईले दाँतको पहेँलो तहलाई धेरै हदसम्म कम गर्न सक्नुहुनेछ ।
पहेंलो दाँतको लागि घरेलु उपचार
– यदि तपाईंको दाँत पहेँलो भएको छ भने कागती र सुन्तलाको बोक्रा दाँतमा रगड्नुहोस्। यो उपाय हप्तामा दुई पटक गर्न सक्नुहुन्छ, यसले तपाईलाई धेरै फाइदा हुनेछ।
– नीमको पातले दाँतको पहेलोपनलाई कम गर्न निकै सहयोग गर्छ। ब्रस गर्नुको सट्टा यसबाट दाँत माझ्न सुरु गर्नुहोस्, त्यसपछि तपाईको मुखको स्वास्थ्य कसरी सुधार हुन्छ हेर्नुहोस्।
– पहेँलो दाँत हटाउन स्ट्रबेरी र नुनलाई एकसाथ मासेर ब्रसको मद्दतले दाँत सफा गर्नाले दाँत सेतो र चम्किलो हुन्छ ।
– दाँतको पहेंलोपन कम गर्न मनतातो पानीमा अदुवा र नुन मिसाएर कुल्ला गर्नुहोस्, यसले मुखको गन्ध र पहेंलोपन कम हुन्छ।
– यसमा भिनेगर पनि निकै प्रभावकारी हुन्छ । तपाईले गर्नु पर्ने भनेको एक गिलास पानीमा सेतो भिनेगर मिलाएर कुल्ला गर्नु हो। यसो गर्नाले तपाइँको दाँत मोती जस्तै चम्किलो हुनेछ। यसो गर्दा मुखको दुर्गन्ध हट्छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया