तातो हावा तथा ‘लु’ बाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै 'लु' चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गरेका छन् ।
मन्त्रालयले तातो हावा वा 'लु' बाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खान आग्रह गरेको छ ।
यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले आग्रह गरेको छ ।
तातो हावा वा तथा 'लु'ले हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखा पर्दछन् ।
यस्तै, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया