कर्णालीमा कांग्रेसले टुंग्यायो मन्त्री, भोलि शपथ हुने

सुर्खेत- नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।
आज नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा सुर्खेतका खड्क पोखरेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा दैलेखका कृष्ण विसी सिफारिस गरेका छन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि हालका लागि कांग्रेस तीन मन्त्रालयमा जान तयार भएको हो ।
मुख्यमन्त्री शर्माकहाँ मन्त्रीको नाम सिफारिस भइसकेपछि भोलि तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने निश्चित भएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया