बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

चुनावी प्रधानमन्त्री बन्‍ने प्रस्ताव दाहालले गरे अस्वीकार

फाइल तस्बिर

काठमाडौं : सत्तारुढ दल नेकपाको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर निर्वाचन गराउने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावबारे छलफल भैरहेको छ । राष्ट्रपति भण्डारीले फुटको डिलबाट जोगाउन नेकपाका अध्यक्ष दाहाललाई आगामी एक वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको उक्त प्रस्तावलाई दाहालले ढिला भइसकेको बताएका थिए । ' अब निकै ढिलो भइसक्यो' दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो 'अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्न सम्झाइदिनुस् ।'

उनले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न पनि अध्यक्ष दाहाललाई आग्रह गरेपछि ओली-दाहालको सहमतिमै सचिवालय बैठक तय गरेर पार्टी फुटबाट जोगिएको हो ।

र, यो पनि
- ओलीलाई चीनको सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ 
राष्ट्रपतिलाई भेट्‍न ओलीको दौडधुप
अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्‍न मञ्‍जुर
गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
१ बजे बालुवाटारमा सचिवालय बैठक बस्‍छ : नारायणकाजी
नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?

यसका लागि दाहालले आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिन पर्ने उल्लेख छ । दाहालको  प्रस्तावबारेमा जारी सचिवालय बैठकमा छलफल भइरहेको बैठकबाटै एक सदस्य इकागजलाई जानकारी दिए । 'प्रधानमन्त्री बन्नुहोस् र यहाँकै नेतृत्वमा चुनाव गराऔं भन्ने प्रस्तावबारे छलफलमा बहुमत र अल्पमत भइरहेको छ' ती सदस्यले बैठकस्थलबाट इकागजसँग भने । स्थायी समिति बैठक बोलाउने विषयमा पनि छलफल भइरहेको छ ।

राष्ट्रपति भण्डारीले महाधिवेशनपछि एकल अध्यक्षमा जाने भएकाले त्यसको लागि वातावरण बनाउन आवश्यक रहेको बताएकी थिइन् । प्रधानमन्त्री ओलीले आफुलाई जोगाउन पटक-पटक यस्तै नयाँ नयाँ रणनीति तय गर्ने गरेका छन् ।