कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक : अब कसलाई गर्ला मन्त्रीमा सिफारिस

सुर्खेत- नेपाली कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकमा कर्णाली सरकारमा सहभागिताको विषयमा छलफल भएको छ । आज दिउँसो सुर्खेतको विरेन्द्रनगरमा बसेको बैठकले मन्त्रालय र सरकारको नेतृत्वको विषयमा रहेर वृहत् छलफल समेत गरेको छ ।
केन्द्रीय निर्णयअनुसार कांग्रेस सरकारमा जानुका साथै मन्त्री छनौटको विषयमा छलफल भएको कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीले जानकारी दिए । पार्टीको विधान बमोजिम भौगोलिक क्षेत्र, पार्टीप्रतिको योगदान, लैंगिकता लगायतका विषयमा ध्यान दिएर मन्त्री छनोट गर्न बैठकले निर्देशन समेत गरेको प्रवक्ता शाहीले बताए ।
कांग्रेस सरकारमा जाने निश्चित भएसँगै मन्त्रालय भागबण्डाको विषयमा छलफल भएको शाहीले बताए । ‘सरकारमा तीन मन्त्रीसहित सहभागी हुन कांग्रेस संसदीय दललाई निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय भएको छ,’ शाहीले भने, ‘अब मन्त्री छनौटको विषयमा दलका नेताले मुख्यमन्त्रीसँग परामर्श लिनुहुन्छ ।'
अब मन्त्री कसलाई सिफारिस गर्ने भन्नेबारे संसदीय दलका नेतामा निर्भर रहन्छ । आवश्यक परेको खण्डमा दलको बैठक पनि बस्न सक्ने उनले बताए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया