आरजुले गरिन् धनगढीमा तीन आयाेजनाकाे उद्घाटन

कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य माननीय आरजु राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छिन् ।
धनगढी उपमहानगरपालिका- ८ मा निर्माण भएको तौलाहा ताल संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको राणाले उद्घाटन गरेकी हुन्।
धनगढी उपमहानगरपालिका ८ मा निर्माण भएको तीनतले विद्यालयमा ३६ कोठा रहेका छन । ६ करोड ८ लाख ३० हजार २७० रुपैयाँमा निर्माण भएको उक्त विद्यालयको संघीय सरकारबाट ३ करोड ७७ लाख ९७ हजार १२६ र उपमहानगरपालिकाको २ करोड ३० लाख ३३ हजार १४४ रुपैयाँमा निर्माण सम्पन्न भएको मेयर गोपाल हमालले जानकारी दिए ।
त्यस्तै बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका ढुंगाको बेससंगै इटाको पर्खाल र ब्लक निर्माणमा ३ करोड ९४ लाख ३ हजार ८७१ रुपैयाँ लागत खर्च भएकोमा संघीय सरकारको २ करोड ५७ लाख ३३ हजार ७२२ र उपमहानगरपालिकाको १ करोड ३६ लाख ७० हजार १९५ रुपैयाँ लगानी रहेको उपमहानगरपालिका मेयर हमालले बताए ।
यसैगरी धनगढी उपमहानगरपालिकाको आफ्नै लगानीमा धनगढी ८ मा रहेको तौलाहा तालको २ करोड ३४ लाख ८५ हजार ५१५ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको मेयर हमालले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, निवर्तमान मेयर नृप बहादुर वड लगायतको सहभागिता रहेको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया