कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत- कर्णाली प्रदेश सभाको साेमबार अपराह्न ३ बजेका लागि बाेलाइएकाे बैठक स्थगित भएको छ । यसअघि साेमबार बसेकाे सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेश सभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए ।
आइतबार पनि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्न कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मासँग सदन पर सार्नेबारे सहमति गरेका थिए ।
प्रदेश सभाको स्थगित बैठक अब ७ वैशाख बिहीबार अपराह्न ३ बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया