शिष्टाचारको शत्रु र राजनीति

उपनिर्वाचन नजिएको छ । प्रचारप्रसार तीव्र छ । यस्तोमा कुप्रचार पनि बढेको छ । व्यक्तिगत तहमा उत्रेर लाञ्छना लगाउने, घृणा फैलाउने पनि भइरहेको छ । एक पक्ष गालीगलौजमा उत्रिँदा स्वभावैले अर्काे पक्ष पनि उस्तै गरी प्रतिरक्षामा उत्रिन्छ । यो लोकतन्त्रका लागि कलंक हो । लोकतान्त्रिक मूल्य, मान्यता कमजोर हुँदै जानु हो ।
दल समाजको अगुवा हुनुपर्छ । दल अगुवा हुनलाई दलको प्रमुख नेता अगुवा हुनुपर्छ । अरु नेता–कार्यकर्ता अगुवा हुनुपर्छ । अगुवा भनेको सकारात्मक अर्थमा हो । उसले विवेक, विज्ञान, कर्म, वचन, संस्कार र संस्कृतिको सही सन्देश दिनुपर्छ । तर, अब त नेपालमा दलहरूले आफ्नो भिजन र मिसन बताउन छोडेका छन् । उनीहरू बतासे गफ धेरै दिन थालेका छन् । अर्काे पक्षको निन्दामा खर्च गर्ने समय आफ्नो योजना बताउन खर्च गर्नुपर्ने हो । तर, अवस्था यस्तो छैन ।
पछिल्लो समयमा घृणा र उत्तेजनाको भाषा धेरै बोल्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनी र उनको गुटले व्यक्तिगत तहमा ओर्लेर बढी नै गालीगलौज गर्छ । के महिला, के लेखक, के पत्रकार, के आलोचक, के संघसंस्था, उनले सबैलाई गालीगलौज गरेका छन् । विद्वानहरूलाई कोट काट्ने मुसा भन्नेदेखि महिलाहरूलाई ट्याउट्याउ भन्ने पनि उनै हुन् । उनले नियुक्त गरेका, उनले मनोनीत गरेका पात्र पनि उनीजस्तै घृणाको भाषा बोल्छन् ।
आलीकै सिको गर्दै हुनुपर्छ, नेपाली कांग्रेस, माओवादीदेखि नयाँ भनिने सबै दलले यस्तै शैली अंगीकार गरेका छन् । नेतामा त विनम्रता, शिष्टता, क्षमा, करुणा, उदारताको पो अपेक्षा गरिन्छ । तर, अहं र अहंकार देखाउने नेताजी के नेताजी ? मुखाले नेताजी के नेताजी ?
नेपाल चौतर्फी संकटमा छ । तर, नेताहरूलाई भने आनन्द छ । संकटलाई लाभको विषय बनाएका छन् उनीहरूले । यस्ता दल र नेतालाई आम मतदाताले कारबाही गर्नुपर्छ । मत दिँदा विचार पुर्याउनुपर्छ । गालीगलौज गर्नेले युवाहरूको नयाँ चेतनाको सपना बोक्न सक्दैन । अबको युग भनेको नयाँ पुस्ताको युग हो । नयाँ सोच र शैलीले मात्र हुन्छ अब राजनीति ।

शासन प्रणाली होइन, नेतृत्वको गुणस्तरले राष्ट्रको भविष्य निर्धारण गर्छ

गणतन्त्र दिवस: कानुन अन्तर्गत समान न्याय नै लोकतन्त्रको मूल आधार

त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ

नेपाल-भारत सम्बन्धमा आर्थिक कूटनीति

भूकम्पमा बाँचेकालाई चिसोबाट मर्न नदेऊ सरकार

इजरायलमा रहेका बाँकी नेपालीहरूलाई छिटो फर्काऊ

प्रसारण लाइनका तगारा हटाउन छाता ऐन आवश्यक

प्रतिक्रिया