कर्णालीमा बढ्न थाले काेभिड संक्रमित

सुर्खेत- कर्णाली प्रदेशमा शून्यमा झरेको कोरोना भाइरसका संक्रमितकाे संख्या पछिल्लो समय फेरि बढ्न थालेको छ । कर्णालीमा पछिल्लो समय फाटफुट मात्रामा संक्रमितहरू देखिन थालेकाे स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएकाे छ ।
निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार ३० जनामा कोभिड परीक्षण गराउँदा दुई जनामा पोजेटिभ देखिएको हाे । ‘अहिले बिस्तारै कोभिडका संक्रमितहरू देखिन थालेका छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा जाँच गराएकामध्ये केहीलाई संक्रमण देखिएको छ ।’
अहिले संक्रमण देखिएता पनि आम नागरिकहरू पिसिआर परीक्षण गर्न नआउँदा समस्या भएको खड्काकाे भनाइ छ । ‘अहिले पिसिआर परीक्षण गराउन छोडिसकेका छन्,’ उनले भने, ‘परीक्षण नगराउँदा झन् भित्रभित्र संक्रमण फैलन सक्ने अवस्था हुने देखिन्छ ।’
पछिल्ला दिनहरूमा संक्रमित देखिन थालेको भन्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सतर्कता अपनाउन र सबैलाई खोप लगाउन आग्रह गरेको छ । संक्रमण बढिरहेकाले खोपमा ध्यान दिन निर्देशनालयले नागरिकलाई सचेत गराएको छ । खोपको पहिलो, दोस्रो मात्रा तथा पहिलो बुस्टर डोज लगाइसकेकाले दोस्रो बुस्टर डोज लगाउन पनि उनले आग्रह गरे ।
स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । संक्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन, मास्क, सेनिटाइजरकाे प्रयोग गर्न निर्देशनालयले अनुरोधसमेत गरेको निर्देशक खड्काले बताए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया