बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । नेपाली राजनीतिक वृतमा निकै चासोको साथ हेरिएको नेकपा सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा सबै सचिवालय सदस्य सहभागी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठक छल्न बारम्बार प्रयास गरेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी छन् । आजै दिउँसो १ बजे बोलाएको मन्त्रिपरिषद् बैठक सारेर सचिवालय बैठकमा ओली सहभागी भएका हुन् । यसअघि कुनै हालतमा बैठक बस्‍न नमानेका ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपाललाई आफु पनि बैठकमा सहभागी हुने खबर पठाएका थिए ।

मंगलबार सचिवालय बैठक रोक्न ओलीको सन्देश लिएर खुमलटार  पुगेका महासचिव पौडेल दाहालको अडानपछि फर्केका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि कुलिङ पिरियड भन्दै केही दिनपछि बैठक गर्न पहल गरिरहेका थिए । तर, अध्यक्ष दाहालतिरका पूर्व प्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल अनि नेकपा उपाध्यक्ष वामदेव गौतम र सदस्य श्रेष्ठले बैठकबाटै समस्या समाधान हुने हुँदा बैठक सार्ने कुरै नगर्न आग्रह गरिरहेका थिए । दाहालले दूतहरुलाई मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहलाई नै अस्वीकार गरेका थिए ।

र, यो पनि
- ओलीलाई चीनको सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ
राष्ट्रपतिलाई भेट्‍न ओलीको दौडधुप
अन्तत: गले ओली, मन्त्रिपरिषद् सारेर १ बजे सचिवालय बैठक बस्‍न मञ्‍जुर
गुप्तचर प्रयोगबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्री सचिवालय त्यसैमा रमेको छ
१ बजे बालुवाटारमा सचिवालय बैठक बस्‍छ : नारायणकाजी
नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?

प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले प्रतिवाद गर्दै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो भएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।

दाहालको प्रस्तावलाई आरोप पत्र भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । यस्तो प्रस्तावको जवाफ दिन नपर्ने भन्दै उक्त प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओलीले दिएका थिए ।