अक्सिजन सिलिण्डर लिन चीन जाँदै वाइडबडी विमान
काठमाडौँ : अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको आज (सोमबार) एयरबस ३३० जहाज चीन जाँदै छ । अक्सिजन सिलिन्डर ल्याउन राति साढे ११ बजे उड्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजे स्वदेश आइपुग्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ । १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए ।
चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो ।
पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया