शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

एसईई दिएर फर्किएका भानुको जिप दुर्घटनामा मृत्यु

धनगढी- कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्गको फल्टुँडेमा जिप दुर्घटना हुँदा सोही वडाका १८ वर्षीय भानु ठकुन्नाको ज्यान गएको हो ।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी, वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यलय फल्टुँडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर दुर्घटना भएको खुलेको छ । चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।