बारा–२ : संसद् पस्ने दाउमा हारेकाहरूले छानेकाे मैदान

काठमाडौँ–आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ को भिडन्त रोचक बन्ने देखिएको छ । गत मांसिरको निर्वाचनमा हार्ने उम्मेद्वारहरूले जितका लागि यो क्षेत्र रोजेको हुँदा यस क्षेत्रको उपनिर्वाचन रोचक बन्ने देखिएको हो । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा उपनिर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, बाराका अनुसार जसपाबाट उपेन्द्र यादव, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमतबाट शिवचन्द्र कुसवाहा लगायत ३६ जनाको उम्मेदवारी परेको छ । ३६ मध्ये २४ जना स्वतन्त्र र १२ जनाले विभिन्न दलबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । तर, गठबन्धबाट उमेद्वार बनेका यादव, एमालेका पैडेल, रास्वपाका खरेल र जनमतका कुसवाहलाई यस क्षेत्रको मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।
जसपा अध्यक्ष यादव गठबन्धनका दलहरू कांग्रेस र माओवादीको साथ छ । यादव गठबन्धनको मतमा जित निकाल्दै संसद्मा छिर्ने योजनामा छन् । उनी गत निर्वाचनमा भने जनमतका अध्यक्षा सिके राउतसँग पराजित भएका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने १६ हजार ९ सय ७९ मत मात्रै पाएका थिए । तर सत्ताबाट टाढा रहन नचाहने यादका लागि यसपटको हारले ब्रेक लगाइदिएको थियो । हारपछि संसद्मा छिर्नकै लागि अनेक राजनीति गरिरहेका यादवले गठबन्धनमा उपराष्ट्रपति आफ्नो भागमा पारेर रामसहायप्रसादको ठाउँ खालि गराएर उम्मेदवारी दिएका हुन् ।
तर, उनको जितको मुख्य चुनौतीका रुपमा जनमतका कुशवाह र रास्वपाका खरेल छन् । जनमतबाट उम्मेदवारी दिएका कुशवाह अघिल्लो पटक यही क्षेत्रबाट हारेका थिए । कुशवाहाले त्यसबेला १३ हजार ४ सय ६८ मत पाएका थिए भने जसपाबाट जितेकामा रामसहायप्रसाद यादवले १३ हजार ८ सय २२ मत पाएका थिए । यस क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामकिशोर प्रसाद यादवले ११ हजार ४३, रविन्द्र प्रसाद यादवले १० हजार ७ सय ५० पाएका थिए भने जनमतका राजेश साहले २७ सय २५ मत मात्रै पाएका थिए । गत मंसिरको निर्वाचनमा माओवादीबाट उम्मेदवारी दिएका कुशवाहले उपनिर्वाचनमा भने जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् । कुशवाह पनि आफ्नो लगातारको हार रोक्न यादवलाई हराउँदै जितको खोजीमा छन् ।
यस क्षेत्रमा जितका लागि प्रतिस्पर्धा गरिहेका रास्वपाका खरेल पनि मधेशमा चर्चित नाम हो । उनी पनि यसपटक अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै आफ्नो जितको खोजीमा छन् । पूर्व डिआईजी खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै २०७४ सालमा पदबाट राजीनामा दिएका थिए । खासगरी पर्सामा कार्यरत रहँदा एसपी खरेल भन्ने नामले अझै बढी चर्चित बनेका थिए । उनको कामबाट प्रभावित भएर ‘एसपी खरेल द रियल हिरो’ भोजपुरी फिल्म नै बनेको थियो । पर्सामा ‘हिरोको’ रूपमा देखिएका एसपी खरेल यसपटको उपनिर्वाचनमा बारा–२ मा ‘हिरो’ बन्ने दाउमा छन् । गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ चुनाव लडेका उनले उपनिर्वाचनमा भने रास्वपाबाट उम्मेदवारी दिएका हुन् । उनी काठमाडौँमा कांग्रेसका प्रकाशमान सिंहसँग हारेका थिए । त्यसबेला उनले ३ हजार १ सय २४ मत पाएका थिए भने सिंहले ७ हजार १ सय ४३ मत पाएका थिए । यसपटक खरेल पनि पनि आफ्नो हार दोहो¥याउन चाहँदैनन् । त्यसैले खरेल पनि जसपा अध्यक्ष यादवको जितको बाधक बन्न सक्ने आँकलन गरिएको छ ।
अघिल्लो पटक एमालेलाई साथ लिएर जित हासिल गरेको जसपा यस पटक एमाले नहुँदा पनि कांग्रेस र माओवादीको साथ पाएकाले जितका लागि ढुक्क जस्तै देखिन्छ । एमाले भने एक्लै उम्मेदवारी दिएको छ । बारा–२मा एमालेको धेरै चर्चा नभए पनि मधेशमा चर्चा कमाइरहको जनमतले भने जसपालाई टक्कर दिने धेरैको आँकलन छ । त्यसमाथि माओवादीबाट अघिल्लोपाली उम्मेदवारी दिएका कुशवाह नै जनमतबाट उठेकाले अध्यक्ष यादवलाई पनि जित निकाल्न सहज भने देखिदैन ।
तर, बारा–२ को इतिहास भने उपेन्द्र यादवकै पक्षमा भएकाले यसपटक पनि सहजै जित्ने उनले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । २०७४ को प्रतिनिधि सभामा पनि यस क्षेत्रमा यादव नेतृत्वको संघीय समाजवादी फोरमले नै जित हात पारेको थियो । त्यसबेला पनि संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवले नै विजयी भएका थिए । उनले २८ हजार १ सय ८५ मत ल्याउँदा कांग्रेसका राधे चन्द्र यादवले १५ हजार ७ सय ९० र माओवादीका शिवचन्द्र प्रसाद कशवाहले १० हजार, ५ सय ४६ मत ल्याएका थिए । तर, यसपटक जनमत र रास्वपालाई नरोके जसपाको जितको इतिहास भने रोकिने देखिन्छ ।

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया