सात/आठ वर्ष पहिले सुरु भएका विस्तारका सबै सडक सम्पन्न हुन बाँकी

काठमाडौँ- काठमाडौँ उपत्यकामा सात/आठ वर्ष पहिले सुरु भएका विस्तारका सडकमध्ये कुनैको पनि काम सम्पन्न भइसकेको छैन । सबै सडकमा थोरैथोरै मात्रै काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
उपत्यकामा विस्तारका सडकमा कालोपत्र बाँकी भएकामा पनि अरु आधारभूत काम भइसकेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । अहिले अधिकांश सडक सम्पन्न हुने क्रममा रहे पनि थोरैथोरै काम बाँकी रहेको छ । तुलनात्मक रूपमा बढी काम भएको नख्खु–बुङमति सडकमा भए पनि त्यहाँका सडक यही महिनाभित्र सम्पन्न गर्नुपर्ने उनले बताए । उनले भने, 'सबैतिर एकदुई किमी मात्रै बाँकी छ र त्यसमा पनि बेस र सबबेसको काम भइसकेको छ ।'
अधिकांश सडकमा विसं २०७१ र विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरेपनि स्थानीयबासीको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन ।
लामो समय निर्माण अवरुद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाईमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्रीको सजिलै उपलब्ध नहुँदा निर्माण चालु हुन नसकेको आयोजनाले जनाएको छ ।
विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुको कारण एउटै रहेको पाइन्छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थाले संरचना बिच्छ्याउन लागेका कारण तत्काल सम्पन्न गर्न नसकिएको सूचना अधिकारी जोशीले बताए ।
लिमिटेडले पाइप बिच्छाइरहेको, प्राधिकरणले विद्युतको लाइन अण्डरग्राउण्ड गरिरहेको र टेलिफोनको अप्किल फाइबर अण्डरग्राउण्ड गरिरहेको छ । समन्वयमा नै ती निकायलाई काम गर्न दिइएको सूचना अधिकारी जोशीले बताउनुभयो । चावहिल–जोरपाटी सडक निर्माण कम्पनीले एक सातामा सम्पन्न गर्ने भने पनि पहिले खानेपानीको पाइप राख्न दिइएको उनले बताए ।
हाल ललितपुरका चार, काठमाडौँका तीन र भक्तपुरको एक सडक विस्तार भइरहेको छ । सबै सडकमध्ये अब जम्मा पाँच/छ किमी मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया