शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

लुम्बिनीमा ३८ पत्रकार संक्रमित

प्रदेशका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेशन

बुटवल : नेपालमा कोभिड १९ को दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूले अक्सिजनसहितको आइसोलेशन निमार्ण गरेका छन् । उनीहरूले स्थानीय तह, जिल्लास्थित संघ संस्था र सहयोगीमार्फत यस्ता आइसोलेशन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिव्र रूपमा बढिरहेको र अस्पतालसमेत भरिभराउ भएपछि उनीहरूले यस्ता संरचना निमार्ण गरेको बताए । 
 
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेशन निमार्ण गरेको जनाएको छ । प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा अर्घाखाँची शाखामा भने अन्य संघ संस्थाको सहकार्यमा संयुक्त रूपमा आइसोलेशन निमार्ण गरेको उल्लेख छ ।
 
महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा महासंघको दाङ शाखाले ६ वेडको र अन्य जिल्ला शाखाले निमार्ण गरेका आइसोलेशनहरु ५ वेडका छन् । जिल्ला जिल्लामा संक्रमितहरूको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचना निमार्ण भएको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए ।

ति आइसोलेशन पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बने पनि अन्य सर्र्वसाधारणलाई उपयोग गर्न सक्नेछन् । संरचना निमार्ण भए पनि  अक्सिजन र स्वास्थ्यकर्मीको अभाव रहेकोले सहयोग समन्वयका लागि महासंघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड-१९ संक्रमणमा ३८ पत्रकार परेका छन् । उनीहरूमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना संक्रमित बनेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकार होम आइसोलेशनमै बसेका छन् ।  यस्तै बाँकेमा  १२, दाङमा ४, बर्दियामा ४, पाल्पामा २ तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना पत्रकार संक्रमित भएको महासंघको लुम्बिनी समितिले जनाएको छ । 
 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…