बागमतीमा १२३० जनाले लिए सहुलियत ऋण

हेटौंडा : बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाको लागि ब्याजदरमा सहुलियपूर्ण ऋण दिन चालु वर्षबाट सुरु गरेको छ । प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गरेर सहुलियत दरमा ऋण दिन सुरु गरेको हो ।
सहुलियत ब्यादरमा ऋण प्रवाह सुरु भएपछि १२३० जनाले ऋण लिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले दुई बैंकमार्फत प्रदेशभरका नागरिकहरूलाई ब्याजदरमा सहुलियपूर्ण ऋण दिन सुरु गरेको हो ।
कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तिय संस्थाले बागमती प्रदेशका नागरिकलाई कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय, व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थपनमा ऋण प्रवाह गर्दे आएका छन् । यो कार्यक्रमअन्तर्गत पाँच वर्षको लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण पाउन सकिन्छ ।
कृषि विकास बैंकले हालसम्म ३ प्रतिशत ब्याजदरमा ५ सय २८ जनालाई ४३ करोड ८४ लाख १६ हजार रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषि विकास बैंकलाई पहिलो किस्ताबापत ४० करोड उपलब्ध गराएको मन्त्रालयका राजस्व शाखाका अधिकृत विनोद विडारीले जानकारी दिए ।
बैंकले मन्त्रालयले उपलब्ध गराएभन्दा केही बढी ऋण लगानी गरेको छ । बिडारीले छिट्टै बैंकलाई दोस्रो किस्ता ४० करोड उपलब्ध गराइने जानकारी दिए । यसैगरी मन्त्रालयले साना किसान लघुवित्तलाई पहिलो किस्ता २० करोड र दोस्रो किस्ताबापत २० करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
साना किसानले पहिलो किस्ताबापत २६५ जना र दोस्रो किस्तामा ४३७ जनालाई ऋण प्रवाह गरेको छ । साना किसानले ३ प्रतिशत ब्याजदरमा प्रदेशभरका ७ सय २ जनालाई ४० करोड ऋण लगानी गरेको बिडारीले बताए । ऋण प्राप्त गर्न धितो जमानी र धितो नभएकाहरूको हकमा समूह जमानीमा ऋण प्रवाह हुने प्रावधान भएको उनले जानकारी दिए । धितो नभएकाहरूको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षण गरी ऋण प्राप्त गर्न सकिने उनको भनाइ छ ।
यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेशका सम्पूर्ण नागरिक, कृषक तथा नवप्रवर्तक, लघु व्यवसायीहरूलाई ऋण लगानी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया