कर्णाली प्रदेश सभामा दुई विधेयक पेश

सुर्खेत- कर्णाली प्रदेश सभामा आज दुई वटा विधेयक टेबुल भएका छन् ।
प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक आज दुई वटा विधेयक पेश भएका हुन् । प्रदेश सभाको आइतबार बसेको दशौँ बैठकमा यस अघि सचिवालयमा दर्ता भएका कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको हो ।
प्रशिक्षण प्रतिष्ठान स्थापनाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले टेबुल गरेका हुन् । त्यसैगरी खेलकुद विकास विकास ऐन २०७६ संशोधन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्री टेकराज पछाईले विधेयक पेश गरे । विधेयक टेबुल भएसंगै प्रदेश सभाको आगामी बैठक चैत २२ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।
लामो समय बिजनेसविहीन बनाएको आलोचना खेपिरहेको प्रदेश सरकारले तीन महिनापछि पहिलो पटक आज विधेयक टेबुल गरेको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया