कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेसले विश्वासको मत दिने

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।
केन्द्रमा गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको नवौँ अधिवेशनको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १८८ (२) बमोजिम संसद्मा विश्वासको मत छ भनेर राखेको प्रस्तावमा कांग्रेसले विश्वासको मत दिने भएको हो ।
संसद् बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको थियो ।
गत माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा बनेको कर्णाली प्रदेश सरकार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_AytddUwsy0_h8uxc2ejhtbiqif1qv6ctt0blul2rcqbqcvhkubarmiulaz1ppllnramyame.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया