त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर सहयोग

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य दुई करोड नौ लाख रुयैयाँ रहेको बताइएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताए । अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको डा.काफ्लेले बताए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया