आज देशभर थपिए ४२ जना कोभिड संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर बिहीबार ४२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय १५ जनाको परीक्षण गर्दा ४२ जनामा कोभिड संक्रमित देखिएको छ ।
आरटी पीसीआरबाट ३७ र एन्टीजेन्टबाट ५ जनामा संक्रमण देखिएको हो । देशभरका विभिन्न स्थानबाट १७ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमित १ सय २३ जना रहेको मन्त्रालयले प्रस्ट पारेको छ । हालसम्म ११ लाख ५३ हजार ६२५ जनामा संक्रमण देखिएको छ । ९ लाख ८९ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।
कोभिड संक्रमणका कारण देशभरबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज मात्र देशभर ४१ हजार ४०९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । बुधबार देशभर ३४ जनामा कोभिड संक्रमण देखिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया