सुदूरपश्चिममा प्रत्येक वर्ष क्षयरोगबाट ज्यान गुमाउनेको संख्या बढ्दै

कैलाली - सुदूरपश्चिम प्रदेशमा प्रत्येक वर्ष क्षयरोगबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ। यस आर्थिक वर्षको फागुन महिना सम्ममा मात्रै ६१ जना क्षयरोगीका बिरामीको ज्यान गइसकेको छ ।
ती मध्ये २३ जना कैलालीमा मात्रै रहेका छन् । अघिल्लो आर्थिक वर्षमा प्रदेशमा ११९ जना बिरामीले ज्यान गुमाएका थिए । ती मध्ये सबै भन्दा धेरै कैलालीमा ५६ जनाले ज्यान गुमाए ।
त्यस भन्दा अघिल्लो वर्ष प्रदेशमा १०४ जनाले ज्यान गुमाएका थिए । ती मध्ये कैलालीका ४५ जना छन् । देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहे पनि सुदूरपश्चिम प्रदेशमा चारदेखि पाँच प्रतिशत रहेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाका अनुसार आगामी असार मसान्त सम्म क्षयरोगबाट ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका क्षय तथा कुष्ठरोग अधिकृत ओझाले सरकारको लक्ष्य भन्दा झन्डै आधा बिरामीको मात्रै अहिले उपचार गरिरहेको बताए ।
उनले धेरैजसो बिरामीले आफै उपचार गराइरहेका कारण अझै सही तथ्यांक प्राप्त नभएको बताए । प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार ८२६ र आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ४२४ नयाँ क्षयरोगी बिरामी पहिचान भएका थिए ।
नौ वटा जिल्ला रहेको यस प्रदेशमा सबैभन्दा बढी नयाँ बिरामी पहिचान दर कैलालीमा रहे पनि अझै लक्ष्य अनुसार पहिचान हुन नसकेको ओझाले बताए ।
कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म सात सय ५२ नयाँ क्षयरोगी बिरामी पहिचान भएका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ४३३ र आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ८४ नयाँ बिरामी पहिचान भएका थिए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया