दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

कञ्चनपुर - दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ ।
नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उनले भने, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।”
अस्पताल निर्माणपछि यहाँका नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाउने उनको भनाइ छ । आगामी असारमा निर्माण सम्पन्न सक्ने गरी केएस जेबी बाशुलिङ मित्र जेबीसँग रु १० करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले संघीय सरकारको कार्यक्रमअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाउने योजनाअनुरूप अस्पताल निर्माण भइरहेको बताए । 'अस्पताल निर्माण भइसकेपछि कम्तीमा दुई विशेषज्ञ चिकित्सक बस्ने प्रस्ताव गरिएको छ', उनले भने, 'अहिले नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य सेवा पाइरहेका छन ।' उनले दोधारा चाँदनीमा अहिले गैरसरकारी संस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया